२०८१ जेठ २ , बुधवार

बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो, दमन भण्डारी पछिपछि

bajhang-election

सुनाखरी न्युज/ धनगढी ।

बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।

सिंहले ७ हजार ४९२ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दोब्बर मतसहित अग्रता बनाएको थियो ।

 

तेस्रे स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।