२०८१ बैशाख ३० , आइतवार

बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

Capture

सुनारी न्युज/ काठमाडौं ।

बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् । २ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै छन् । भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ ।

यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।