२०८१ बैशाख ३० , आइतवार

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

Capture

सुनारी न्युज/ काठमाडौं ।

महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ माआगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको छ ।

बैंकले राहतवितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहीे २ लाख पचास हजार रुपैँया बराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगाधुने साबुन र १५० काटुन चाउचाउ लगायतका खाद्यान्नहरु सहयोग गरेको बैंकले जनाए ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मालागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जति अन्य घरमा क्षतिपुगी १५ करोडभन्दा बढीको धनमा लक्षति भएको अनुमान गरिएको छ ।मिति२०८१/०१/१५ गते मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिपचन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीहरुको सहभागितामा पिडित परिवारहरुलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका थिए ।

बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमाउक्त परिवारहरुको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि मद्दत पुग्ने विश्वास लिइएको छ ।