२०८१ बैशाख ३१ , सोमवार

नेशनल लघुवित्त वित्तीय संस्था NCHLमा आबद्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरुप्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ। एक औपचारिक कार्यक्रममा दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा नेशनल लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवर एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता पश्चात नेशनल लघुवित्तको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस सँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । यस अन्तर्गत नेशनल लघुवित्तलेNCHL-IPS र RPSक्प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभ ग्राहीहरुका बैंक खातामा सोझै गर्न सकिने जनाएका छन ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमाविकास गरिएको NPI क्ष्मा हाल५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी/ पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका १०० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

सन् २०१४ जुन ११ मासञ्चालन शुरु गरेकोनेशनल लघुवित्तले आफ्नो ९०भन्दा बढि शाखाहरु मार्फत लघुवित्तका ग्राहकहरुलाई चत तथा ऋण प्रदान गर्ने, माइक्रो बिमा तथा रेमिट्यान्स लगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।नेपाल क्लियरिङ्ग हाउससँगको यस सहकार्यले लघुवित्तको डिजिटल यात्रामा विशेष सहयोग हुने अपेक्षा गरिएको जनाए ।