२०८१ बैशाख ३१ , सोमवार

समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा भारी छुट

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

समृद्धि फाइनान्स कम्पनि लिमिटेडले बैशाख १६ गते आर्सिया डेन्टल, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ । उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति २०८१/०१/१७ देखिसमृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा CIPSक्प्रयोग गरि उक्त डेन्टलमा उपचार गरेको भुक्तानी गर्दा २०% छुट पाउने छन् ।

यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । सो समद्मदारी पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख व्यवसाय प्रवर्धन अधिकृत शुभाष श्रेष्ठ रआर्सिया डेन्टलका तर्फबाट संस्थापक आर्सियाबानु ज्यूले हस्ताक्षर गरेको फाइनान्सले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट “ग”वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको वित्तिय संस्था समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगदकारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।