२०८१ बैशाख ३० , आइतवार

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १४.३३ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

१८० कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो भने ९ को स्थिर रह्यो । ब्यापार बाहेकका सबै समूहका सूचक बढेका छन् । सो सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घट्यो । फाइनान्स र विकास बैंक समूहमा आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, जीवन बीमा ७२, उत्पादन ५, माइक्रोफाइनानस ५४, निर्जीवन बीमा १०८ र अन्य समूह १० अंक बढे ।