२०८१ बैशाख ३० , आइतवार

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला आइतबार सकिँदै

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालकालागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले आयोजना गरिरहेको म्याक्सचेञ्ज मेलाकार्यक्रमको अन्तिम दिन आइतबार रहेको छ। यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सनम्याक्स साट्न सकिनेछ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।म्याक्सचेञ्ज मेला टाटा मोटर्सको नेपालभरी रहेको शोरुमहरुमा आयोजना  भइरहेको छ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सनइभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेको कम्पनीले जनाए ।

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यस कार्यक्रममा सहभागी भई नयाँटाटा नेक्सनइभी म्याक्स खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।