२०८१ बैशाख २९ , शनिवार

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। शुक्रबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ।आइतबार प्रतितोला १६ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।