२०८१ बैशाख २६ , बुधवार

इलाम र बझाङमा आज उपनिर्वाचनको मतदान हुँदै

Election Cpmiossion

सुनाखरी न्युज/ काठमाडौं ।

इलाम-२ र बझाङ-१(१) को उपनिर्वाचनमा आज मतदान हुँदैछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।  आयोगबाट प्रकाशित अन्तिम नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार इलाम-२ मा एक लाख १६ हजार आठ सय ८९ मतदाता छन् भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । तीमध्ये ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् ।

 

इलाममा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।