२०८१ बैशाख २४ , सोमवार

आजबाट टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले आजबाट म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेकम्पनीले जनएका छन।

ग्राहक वर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला आजबाट १६ गतेसम्म टाटा मोटर्सको शोरुम थापाथलीमा आयोजना गर्न लागिएको हो ।

म्याक्सचेञ्ज मेलामा टाटा नेक्सन इभी म्याक्सका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज तथा एक्सचेन्ज बोनसका साथै बम्पर उपहारमा आइफोन १५ लगायतका आकर्षक उपहारहरु रहेका कम्पनीको भनाइ छ ।

यस म्याक्सचेञ्ज मेलाको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ साथै यसका र्यक्रममा सहभागी भई नयाँटाटा नेक्सन इभी म्याक्स खरिद गरेर भरपुर फाईदा उठाउँनु हुन कम्पनीले अनुरोध गरेको छ ।