२०८१ बैशाख २४ , सोमवार

१२ को परीक्षा दिँदै गर्दा नक्कली परीक्षार्थी पक्राउ

arrested

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँको ठुलो भर्‍याङस्थित रेन्बो इन्टरनेशनल कलेजबाट अरुको नाममा कक्षा १२ को परीक्षा दिँदै गरेका एक युवक पक्राउ परेका छन् । शुक्रबार अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा ती परीक्षार्थीलाई काठमाडौंको ठूलो भर्‍याङबाट पक्राउ गरिएको हो।

जाजरकोटको छेडागाड नगरपालिका- ५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नागार्जुन नगरपालिका- ३ ठूलो भर्‍याङस्थित रेन्बो इन्टरनेसनल कलेज परीक्षा केन्द्रमा टंकबहादुर घर्तीको परीक्षा दिएको पाइएपछि शाहीलाई पक्राउ गरिएको हो। उनले घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर परीक्षा दिएको बताइएको छ।