२०८१ बैशाख २४ , सोमवार

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने

niribachan

सुनाखरी न्युज/ काठमाडौं ।

निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ।

सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको आयोगका सहायक प्रवक्ता पाण्डेयले सेबताए।

आयोगको शुक्रबार बसेको बैठकले उपनिर्वाचनका दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो। विगतमा निर्वाचनका दिन सार्वजनिक यातायात चल्न रोक लगाइन्थ्यो।