२०८१ बैशाख २४ , सोमवार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

Dollear- Remittance

सुनाखरी न्युज/ काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ३५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्री दर १६७ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३४ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।