२०८१ बैशाख २४ , सोमवार

हलमा लाग्यो ‘बोक्सीको घर’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली हलमा शुक्रबार ‘बोक्सीको घर’ र बलिउड फिल्म ‘रुस्लान’ रिलिज भएका छन् । केकी अधिकारीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को चर्चामा छ ।

बोक्सी कुप्रथाको नाममा हुने महिला हिंसाको कथावस्तुमा फिल्म बनेको छ । मञ्चन भैसकेको नाटकबाट प्रेरित रहेर बनाइएको फिल्मले समाजका वास्तविक घटनाक्रमलाई चित्रण गरेको जनाइएको छ ।

फिल्मले शुक्रबार बिहानदेखि बक्सअफिसमा सुखद सुरुवात गरेको छ । क्यूएफएक्ससहितका प्रमुख मल्टिप्लेक्समा बिहानी शोजमा ३०-५० हाराहारी अकुपेन्सी थियो जुन आफैमा उत्साहजनक हो ।