२०८१ बैशाख २२ , शनिवार

ऋषि धमलाले ‘भाइरल गोर्खे’फिल्म साइन गरे

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।

उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्देशक निगम श्रेष्ठले जानकारी दिए ।धमलाले यसअघि आफ्नी पत्नी एलिजाको शीर्ष भूमिका रहेको फिल्म ‘अनुराग’को निर्माण गरेका थिए ।

‘भाइरल गोर्खे’को कुरा गर्दा यो फिल्मको छायांकन यसैसातादेखि लमजुङको भुजुङमा सुरु भएको छ । यसमा सौगातसहित सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।