२०८१ बैशाख २२ , शनिवार

सुरु गर्‍यो काठमाडौं र ललितपुरमा एसईईका उत्तरपुस्तिका परीक्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं र ललितपुरको उत्तरपुस्तिका परीक्षण केन्द्रका शिक्षकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षण सुरु गरेका छन् ।

उत्तरपुस्तिका परीक्षण सुरु नहुँदै पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले परीक्षण केन्द्रमा ताला लगाएका थिए ।

राष्ट्रिय परीक्षा बोर्डले पारिश्रमिक बढाउने प्रक्रिया अगाडि बढाएको भन्दै परीक्षण तत्काल सुरु गर्न निर्देशन दिएपछि सुरु भएको बोर्डका अध्यक्ष शर्माले बताए ।