२०८१ बैशाख २२ , शनिवार

लक्ष्मी सन्राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

लक्ष्मी सन्राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २वटा शाखाहरु स्थानान्तरण गरेको छ।काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २शाखा मध्ये१शाखा अब भक्तपुर जिल्ला स्थित सूर्य विनायक नगरपालिकाको वडा न.२, बालकोटमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिको लामा अवस्थित २मध्ये१ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न.८,बोडेमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नुहुनेछ।स्थानान्तरण भएसँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।