२०८१ बैशाख २२ , शनिवार

ललितपुर महानगरले शुरु गर्यो पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुर महानगरपालिकाले यही वैशाख १२ गतेदेखि पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण(स्क्रिनिब) सेवा सुचारु गर्ने भएको छ । गतवर्ष देखी नै आफ्नै साधन स्रोत परिचालन गरी ३० देखि ६०वर्ष उमेर समूहका १३०० महिलाहरुको ज्एख् म्ल्ब् विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण तथा उपचारको पहल गर्दै आएको ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ मा थप २९ वटै वडाहरुमा यो सेवा प्रदान गर्ने भएको हो ।

जनचेतना र स्क्रिनिबका साथसाथै उपचार गर्नुपर्ने अवस्थाका महिलाहरुलाई नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा महानगरपालिकाले निशूल्क उपचारसेवा समेत प्रदान गर्ने भएको छ । पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण तथाउपचार सबैको पहुँचमा पु्र्याइ जनचेतना बढाउने उद्देश्यले यो योजनाको सुरुवात गरिएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनज्यूले बताउनु भयो ।ललितपुर महानगरपालिकामा गरिने पाठेघर मुखको क्यान्सरको प्रारम्भिक परिक्षण ज्एख् म्ल्ब् प्रविधिबाट हुनेछ ।

नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरु जस्तै PAP SMEAR, VIA भन्दा HPV DNA  विधि सबैभन्दा प्रभावकारी विधि हो ।नेपाल क्यान्सर केयर फाउण्डेशनको आकँडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सरबाट पूर्ण रुपले बच्न सकिने तथा स्तनक्या(क्यान्सर प्रारम्भिक चरणमै थाहापाउन सकिने भएको हुनाले यीजाँचहरु नियमित रुपमा गर्नुपर्ने आवश्यकता रहेको डा. घिमिरेले बताए  ।

सन् २०३० सम्म ३० वर्षमाथिका महिलाहरु मध्ये नब्बे प्रतिशत (९०%) को पाठेघरको मुखको क्यान्सरको“स्क्रिनिब”गर्ने दिगो बिकाश लक्ष्य प्राप्तिका लागि र विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार नेपाल सरकारले आ.ब २०८०/२०८१ मा कोशी, मधेश , बागमती र लुम्बिनीका ८ वटा जिल्लाका १४ स्थानीय तहबाट HPV DNA विधिबाट पाठेघरको मुखको क्यान्सर स्क्रिनिब सेवा एष्यित एचयवभअत को रुपमा शुरुवात गरिसकेको छ । नेपाल सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा यो सेवाविस्तार गर्ने योजना बनाएको छ ।

यद्यपी, बताए  विधि बाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिब सेवालागू नभएका स्थानीय तहहरुमा ख्क्ष्ब् विधिबाट नै नियमित रुपमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिब गरिने जनाएको छ ।सरकारले यसै वर्षको अन्त्य सम्ममा ४५००० भन्दा बढी महिलाहरुको HPV DNA विधिबाट स्क्रिनिब गर्ने लक्ष्य लिएको छ भने आगामीवर्षमा स्क्रिनिब सेवालाई बढाउँदै लैजाने योजना बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लालले बताए  ।