२०८१ बैशाख २२ , शनिवार

राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै, १६ औं योजनालाई अन्तिम रूप दिने

NPC

सुनाखरी न्युज/ काठमाडौं ।

 

राष्ट्रिय विकास परिषदको बैठक आज बस्दै छ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बैठक आज बस्दै छ ।

बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठक आज बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म होटल याक एण्ड यतीमा हुने छ । बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरु र राजनीतिक दलका शीर्ष नेतासम्मले सम्बोधन गर्ने छन् ।