२०८१ बैशाख २२ , शनिवार

के्रस्ट माइक्रो लाइफइन्स्योरेन्सका अध्यक्ष मोरले लिए पद तथा गोपनियताको शपथ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

के्रस्ट माइक्रो लाइफइन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाबाट संस्थापक समुहको तर्फबाट निर्विरोध रुपमा निर्वाचित ऋषिराज मोरलाई मिति २०८०/१२/१९ मा सम्पन्न कम्पनीको संचालक समितिको बैठकले कम्पनीको संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको थियो ।

अध्यक्ष पदमा चयन पश्चात,कम्पनीका अध्यक्ष ऋषिराज मोरले आज नेपाल बीमा प्रधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरे ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्रधिकरणका पदाधिकारीहरु लगायत कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित भएको थियो ।