२०८१ बैशाख २२ , शनिवार

१९६९ विन्दुमा नेप्से,सेयर कारोबार रकम बढ्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं ।

बुधबार नेप्से परिसूचक स्थिर रहेको छ।सोमबार १९६९.०२ विन्दुमा बन्द भएको नेप्से आज ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा बन्द भएको छ।बुधबारको बजारमा दुई अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९९८ रूपैयाँको सेयर कारोबार भएको छ।

गत कारोबार दिन अर्थात् सोमबार दुई अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकम ४८ करोड रूपैयाँले बढेको हो।

नेप्से परिसूचक भने जम्मा ०.१५ अंक बढेर १९६९.१७ अंकमा रह्यो । कुल ११३ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने १५ को स्थिर रह्यो । समूहगत रुपमा हेर्दा फाइनान्स समूह सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो । बैंकिङ ०.२१ र उत्पादन समूह ०.७५ प्रतिशत बढे ।

ब्यापार ०.१२, अन्य ०.०९, निर्जीवन बीमा ०.४३, माइक्रोफाइनान्स ०.०५, जीवन बीमा ०.४०, हाइड्रोपावर ०.२०, लगानी ०.२८, होटल तथा पर्यटन ०.४४ र विकास बैंक समूह ०.१३ प्रतिशत घटे ।