२०८१ बैशाख २३ , आइतवार

‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

मगर संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्मका दुई पोस्टर सार्वजनिक भएका हुन् ।

यसअघि फिल्मले ‘क्यारेक्टर लुक्स’ ल्याएको थियो ।पूर्वी रुकुम आसपासमा एक महिना छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक अनिल आफैंले लेखेका हुन् ।

असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, विना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर र सुनिल मगरको अभिनय छ ।