२०८१ बैशाख २३ , आइतवार

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ बिक्री ?

gold1

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १६ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।