२०८१ बैशाख २३ , आइतवार

गोरखा भूकम्पको स्मरणः बारपाकमा आज सार्वजनिक बिदा

earthquake-seismograph-line (1)

सुनाखरी न्युज/ काठमाडौं ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको सात दशमलव आठ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । मङ्गलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो ।

त्यसअवसरमा बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेल मैदानमा आज विशेष श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो । गोरखा भूकम्पमा परी देशभर आठ हजार नौ ७९ जनाको ज्यान गएको थियो भने गोरखा जिल्लामा मात्रै चार सय ७१ जनाको मृत्यु भएको थियो । त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पमा २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्‍याएको थियो ।  रासस