२०८१ बैशाख २४ , सोमवार

नेपालकै पहिलो लाईफ टाईम व्याट्रि अस्योरेन्स भएको टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा दिगो यात्राप्रवर्द्धन गर्ने प्रतिबद्धताका साथ जगदम्बा मोटर्स र टिभिएस मोटर कम्पनीले लाईफटाईम व्याट्रि अस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ ।नेपालीहरुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेको ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत हो । त्यसैले यहि विषयलाई सम्बोधन गर्दै टिभिएसले आईक्यूब मार्फत नेपालमा ईलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्धेश्य राखेको छ ।

ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यतालिने टिभिएस आईक्यूबका ग्राहकहरूले७०%एसओएच(स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफप्राप्त गर्ने छन् । नेपालमाटिभिएस आईक्यूब र टिभिएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ। ग्राहक महानुभावहरुले मात्र रु२,९९,९०० माटिभिएस आईक्यूब खरिद गर्न पाउनेछन् । टिभिएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४,११,००० किलोमिटर यात्रा तय गरेर १०,२७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३,७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टिभिएस आईक्यूवका करिव ३,००,००० ग्राहकहरुले अरिव १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोडलिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९,५९० टन कार्वन उत्सर्जन हुनबाट रोकेका छन् ।

यस बारेमा बोल्दै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्तालेज्यूले भन्नुभयो, “हामी हाम्रो पहिलो ईलेक्ट्रिक स्कुटर नेपालमा ल्याउन पाउँदा उत्साहित छाँै।हामी विश्वस्त छौँ कि लाइफटाइम ब्याट्री एश्योरेन्सको साथ नेपालको स्कुटर बजारमाविद्युतीय सवारीको प्रयोग उल्लेखनीय रूपमा वृद्धि हुनेछ।ब्याट्री एश्योरेन्स कार्यक्रमको सदस्यता लिने टिभिएस आईक्यूबका ग्राहकहरूले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सफल हुनेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्नेछ ।

आईक्यूबका प्रत्येक ग्राहकले नेपालको पेट्रोल खपत प्रति वर्ष करिव ३००लिटरले कम गर्नेछन् र कार्वन उत्सर्जन प्रतिवर्ष ६९० केजिले घटाउने छन्जुन पेट्रोल आयात गर्ने र पर्यटकीय गन्तव्य रहेको नेपाल जस्तो देशको लागि ठूलो कुरा हो।”आई क्यूबले ग्राहकहरूलाई प्रिमियम साइलेन्ट राइडिङ अनुभवका साथ आरामदायी यात्रा दिन्छ।नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आईक्यूबको मूल्य रु २,९९,९०० बाट सुरु हुनेछ ।

आईक्यूबका केहि विशेषताहरु यस प्रकार छन्ः

  • Peak Power 4.6 kW, Torque 140 Nm
  • Rated power 3.34 kW
  • Top Speed – 78 km/h
  • Acceleration – 0-40 km/h in 4.2 seconds
  • Range on single charge – 100 kms
  • Parking Assist – Reverse/Forward
  • 7” TFT cluster, with an intuitive 5-way joystick
  • Music Player Control
  • Night Mode
  • Smart Helmet Connectivity
  • Incoming call/SMS Alert
  • Document Storage on cluster
  • Under seat storage – 32 litres