२०८१ बैशाख २२ , शनिवार

धुलिखेलमा Star Rating for School सम्बन्धि अन्तक्रिया सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

विद्यालय क्षेत्र सुरक्षित राख्ने अभिप्रायले केहि वर्ष अगाडीदेखि ईन्टरनेशनल रोड एसिसमेन्ट प्रोगाम(iRAP)बाट शुरु गरिएको अभियान Star Rating for School”नेपाल पनि शरु गरिएको छ ।विद्यालयहरुमा विद्यार्थीहरुको विद्यालय यात्रा सुरक्षित हुनुपर्छ भन्ने उद्येश्यले Star Rating for School” कार्यक्रम केहि वर्षदेखि नेपाल अटोमोबाईल्स एसोसिएसन (नासा नेपाल) ले नेपालका विद्यालयहरुमा शुरु गरेको हो ।

यही सन्दर्भमा हिजो वैशाख १० गते नासा नेपालको आयोजना र एआईपी फाउण्डेसन भियतनामको संयोजनमा Star Rating for School सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । धुलिखेलमा संचालित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।कार्यक्रममा iRAPतथाAIP Foundationबाट Quyen Bui र Phuong Luuले सुरक्षित स्कूल क्षेत्र र स्टार रेटिङ स्कुल सम्बन्धि प्रस्तुतिकरण पेश गरेका थिए ।धुलिखेलको सञ्जीवनी मावि र ललितपुरको हरिसिद्धिमा विलाई ५ तारे विद्यालयमा परिणत गरी काभ्रे र ललितपुरकै नमूना स्कूल घोषित गराउँनलाई सुरक्षित स्कूल क्षेत्र सफल पार्न कार्य शुरु गरिएको जानकारी कार्यक्रम संयोजक सुबास भट्टराईले बताउँनु भयो भने स्टार रेटिङको प्राविधिकपक्ष र स्टेपहरुको बारे माई सञ्जय लुईटेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा उपस्थित काभ्रे जिल्लाप्रहरी प्रमुख बसुन्धरा खड्काले दिनहँु बढ्दै गईरहेको सडक दुर्घटनालाई कम गर्न र विद्यालय जस्तो संवेदनशील क्षेत्रलाई सुरक्षित र भय रहित क्षेत्र घोषित गर्नलाई यस किसिमका कार्यक्रम अत्यन्त आवश्यक भएको जानकारी दिए । उहाँले यस किसिमको कार्यक्रमलाई सफल र दिगो बनाउँन हरपल सहयोग गर्न तयार छौ भनि प्रति बध्दता जाहेर गरे ।हिसान काभ्रेका अध्यक्ष पवन थापाले पनि विद्यार्थीलाई अकाल मृत्युबाट जोगाउँन नेपाल भरिकै सरकारी तथा निजी विद्यालयहरुको सडकहरुको Star Rating हुनुपर्ने कुराका जोड दिए ।प्याब्सन काभ्रेका अध्यक्ष श्याम बहादुर भुजेलले नासा नेपालले थालेको सुरक्षित विध्यालय अभियान सकारात्मक र सहरानीय छ भन्दै शुभकामना व्यक्त गरे ।

त्यसैगरी काभ्रे जिल्ला स्थित सञ्जीवनी मावि र ललितपुर स्थित हरिसिद्धिमा विकाप्रअहरुलो केन्द«ढकाल र आशादेवी मर्हजनले आफ्नो विध्यालयलाईstar rating schoolलागी छनौट गरेको माहर्ष व्यक्त गर्दै परियोजना सफल गराउँनमा पूर्ण समर्थन रहने कुरा जनाउँनु भएको छ ।धुलिखेल नगरपालीका वडा अध्यक्ष रोमी श्रेष्ठ र गणेश आचार्य तथा ललितपुर महानगरपालीकाका वडा अध्यक्ष विरेन्द मर्हजनले पनि उक्त कार्यक्रमलाई नगरपालिकाको सहयोग रहनेछ भन्दै शुभकामना व्यक्त गर्नु भयो ।धुलिखेल नगरपालीकाका मेयर अशोक कुमार व्यञ्जुले नासा नेपाललाई शुभकामन व्यक्त गर्दै स्कुल जाने बालबालिलाई असुरक्षित यात्राबाट जोगाई अकाल मत्यु हुनबाट बचाउँनलाई सरकार समेतको ध्याना कर्षणहुन्ुा पर्ने कुराका जोड दिए ।

यसैगरी कार्यक्रममा उपस्थित नेपाल हक्की संघकी महासचिव सुवर्ण केसरी श्रेष्ठ, नेकोसकीउपाध्यक्ष सञ्जु महर्जन, नासा नेपालका वरिष्ठ उपाध्यक्ष डाबुलन्द थापा तथा काभेका टाफिकपहरी पमुखल सुरक्षित विध्यालयको सन्दर्भमा आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।नासा नेपाले सडक सुरक्षा सम्वन्धि विगत लामो समयदेखि विभिन्न जनजेतनामूलक कार्यक्रमहरु गर्र्दै आएको र अहिले विध्यालय क्षेत्र सुरक्षित क्षेत्र बनाउँनलाई एउटा नविन अवधारणा Star Rating School द्वारा विध्यालय सुरक्षित क्षेत्र बनाउँने प्रयास गर्दै आईरहेको छ ।
दैनिक १० जना नागरिकहरुले दैनिक अकालमै ज्यान गुमाइरहेको विभिन्न तथ्याङले देखाउँछ जसमा युवा तथा विध्यार्थीहरुको संख्या अधिक छ । यही अवस्थालाई कम गर्ने उद्येश्यले अन्तराष्ट्रियत IRAPले विश्वव्यापी रुपमानै यो अभियान शुरु गरेको थियो ।