२०८१ बैशाख २२ , शनिवार

डेभलपमेन्ट बैंकर्स एसोसिएसन सीईओमा मञ्जिला डंगोल

manjila-dangol

सुनाखरी न्युज/ काठमाडौं ।

मञ्जिला डंगोल  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएकी छन् ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक, तत्कालीन मेगा बैंक तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा व्यवस्थापकीय तहमा करिब १५ वर्ष काम गरेको अनुभव छ ।

 

डंगोल अनुसन्धान तथा विकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन लगायतका क्षेत्रमा विशेष दख्खल राख्छिन् ।

डंगोलले डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको उद्देश्य हासिल गर्न प्रमुख भूमिका खेल्ने विश्वास एसोसिएसनले लिएको छ ।