२०८१ बैशाख २२ , शनिवार

कार्यबिनायक मन्दिरमा प्रदीप र आनाको ‘एक्टर’ मुहूर्त

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

छायांकनअघि प्रदीप खड्का स्टारर फिल्म ‘एक्टर’को मंगलबार शुभमुहूर्त गरिएको छ । मङ्गलवार कार्यबिनायक मन्दिर भैँसेपाटीमा वैदिक विधिबाट पूजापाठ गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो ।

कार्यक्रममा अभिनेता प्रदीप खड्का, आना शर्मा, दिव्य देव लगायतको सहभागिता थियो । प्रदीपसहित यो फिल्मबाट डेब्यु गर्न लागेकी अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या पनि समारोहमा थिइन् ।

दिव्याले नेपाली फिल्मको कुनै समारोहमा सहभागिता जनाएको यो पहिलो अवसर हो । समारोहमा अर्का अभिनेता दिव्यदेव पन्त पनि सहभागी थिए ।

वैदिक विधिअनुसार यज्ञसहितको पूजा गरिएको निर्माता थमन भण्डारीले बताए । उनका अनुसार यो फिल्मको छायांकन वैशाख २० गतेदखि मुस्ताङ, पोखरा र काठमाडौंमा हुनेछ ।एक्टर राजन भुसालको निर्देशन रहने फिल्म थमन कुमार भण्डारीको लगानीमा निर्माण हुन लागेको हो ।