२०८१ बैशाख २१ , शुक्रवार

कनेक्ट आइपीएसबाट स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउने अवसर

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कनेक्ट आइपीएसले स्कूलको फी भुक्तानी गर्दा छात्रवृत्ती पाउन सकिने सुनौलो अवसर ल्याएको छ । अफर अन्तर्गत २० जना भाग्यशाली विद्यार्थीहरुले भुक्तानी गरेको रकम वा अधिकतम रु१० हजार सम्मको छात्रवृत्ती रकम प्राप्त गर्न सक्नुहुनेछ ।

यो अफर कनेक्ट आइपीएसबाट बैशाख ३१ गते सम्म अनलाइन फी भुक्तानी गर्दा लागू हुनेछ । अफरको अन्त्य पछी कनेक्ट आइपीएसको आधिकारिक वेबसाईट (www.connectips.com)मा बिजेताको जानकारी प्रकाशित गरिने छ । साथै भुक्तानी गरिएको बैंक खातामा नै छात्रवृत्तीको रकम जम्मा गरिने छ ।

अभिभावकहरु तथा विद्यार्थीहरुलाई कनेक्ट आइपीएस  मार्फत अनलाइन फी भुक्तानी गर्न निकै सहज हुन्छ । कनेक्ट आइपीएसबाट ७०० भन्दा बढी स्कूलहरुको भुक्तानी गर्न सकिन्छ । भुक्तानी कर्ताले कनेक्ट आइपीएसको वेबवाएपमा लग इन गरी Creditors paymentअन्तर्गत Educational Institutions माक्लिक गरीSchoolsमाक्लिक गरी लिस्टबाट भुक्तानी गर्नुपर्ने स्कूल छनोट गरी मागिएका अन्य विवरण दाखिला गरी आफ्नो खाताबाट सजिलै भुक्तानी गर्न सक्दछन् ।

साथै शैक्षिक संस्थाहरुले आफ्नो तोकिएको बैंक खातामा सोझै रकम प्राप्त गर्न कनेक्ट आइपीएसमा क्रेडिटरको रुपमा आबद्ध हुन सक्दछन् । यसकालागि आफ्नो सम्बन्धित बैंक वित्तीय संस्था सँग सम्पार्क गरी अनलाइन सेवालिन सकिन्छ ।कनेक्ट आइपीएस,बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खातालिंक गरी फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो ।

कनेक्ट आइपीएसको वेबमार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । कनेक्ट आइपीएसक्मार्फत चालु आर्थिक वर्षको चैत्रमसान्त सम्म रु. ३९०० अर्ब भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।

थप जानकारीका लागि:https://connectips.com/knowmore/10,000-scholarship-on-school-fee-payments!/
मा हेर्नुहोस् ।