२०८१ बैशाख २१ , शुक्रवार

जानकी मन्दिरबाट सुदर्शनले थाले ‘रावायण’को छायांकन

Capture

सुनाखरी न्युज/ काठमाडौं।

फिल्म ‘रावायण’ को छायाङ्कन जनकपुरको जानकी मन्दिरबाट सुरु भएको छ । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट ‘रावायण’ को पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरीलगायतको उपस्थितिमा सोमबार जानकी मन्दिरमा क्यामेरा पुजा गर्दै छायाङ्कन सुरु गरिएको हो ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजका दिन प्रदर्शनमा आउनेछ ।

फिल्ममा पल, पूजा र प्रमोदसँंगै प्रियंका कार्की, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारको अभिनय रहनेछ ।