२०८१ बैशाख २१ , शुक्रवार

नेप्से परिसूचक १९६९ अंकमा कायम, नेप्सेसँगै कारोबार रकम पनि घट्यो

Share-Working

सुनाखरी न्युज/ काठमाडौं।
सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो ।हिजो २ अर्ब २६ करोडको कारोबार भएको थियो ।

४९ कम्पनीको मूल्य बढ्दा १८६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.१ प्रतिशत घट्यो ।बैंकिङ ६, विकास बैंक ३७, फाइनान्स ४१, होटल तथा पर्यटन १७, हाइड्रोपावर २२, जीवन बीमा ८०, उत्पादन ७९, माइक्रोफाइनान्स ३८, निर्जीवन बीमा ५६, अन्य ८ र ब्यापार समूह १२ अंक घटे ।

पिपुल्स पावरको मूल्य सबैभन्दा धेरै ६.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ४.२, विन नेपाल लघुवित्तको ४.२ तथा हिमालयन हाइड्रोपावरको मूल्य ३ प्रतिशत बढ्यो ।