२०८१ बैशाख २१ , शुक्रवार

मधु मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी

madhu-marasini-kumar

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको  आज बसेको  बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।