२०८१ बैशाख २१ , शुक्रवार

पशुपति मन्दिर नजिक मृगस्थलीमा कलाकारले वृक्षरोपण गरे

Capture

सुनाखरी न्युज/ काठमाडौं।

दीपाश्री निरौला, केकी अधिकारी, मलिका महत लगायतका कलाकारले सोमबार बिहान पशुपतिनाथ मन्दिर नजिकको मृगस्थलीमा वृक्षरोपण गरेका छन् ।

‘जन्मदिनलाई सत्कर्म अभियानसँग जोडौं’ अभियानको पहलमा विश्व पृथ्वी दिवसको अवसरमा कलाकारले वृक्षरोपण गरेका हुन् । फिल्म निर्देशक लक्ष्मण सुवेदी, गायक युवराज चौलागाईं लगायतले पनि वृक्षरोपण गरे ।