२०८१ बैशाख २१ , शुक्रवार

एकैदिन प्रतितोला ११ सय रूपैयाँ घट्यो सुनको मूल्य

gold1

सुनाखरी न्युज/ काठमाडौं।

नेपाली बजारमा आज सोमबार सुन–चाँदीको मूल्य घटेको छ।आइतबार स्थिर रहेको सुनको भाउ आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला १७ सय ५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।