२०८१ बैशाख २१ , शुक्रवार

तेमाल जात्रा आज

temal

सुनाखरी न्युज/ काठमाडौं ।
तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा विशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्।

यस जात्राका क्रममा पितृमोक्षका लागि बालाजु बाइसधारामा स्नान गरी स्वयम्भूको महाचैत्यमा पुगी पूजा गर्ने पनि चलन छ । उनीहरू रातभर जाग्राम बसी छयोइमे बत्ती बाली पितृहरूको मोक्षका लागि कामना गर्दछन् ।

 

प्राचीनकालमा काभ्रेपलाञ्चोकस्थित तेमाल क्षेत्रका तामाङ समुदायले मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गरेको छ।