२०८१ बैशाख २२ , शनिवार

इन्टरपोलको सम्मेलनमा भाग लिन आइजी कुँवर फ्रान्स प्रस्थान, निमित्तको जिम्मेवारी राईलाई

ig-basanta-kunwar-dig-prem-prasad-rai

सुनाखरी न्युज/ काठमाडौं ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सको लियोनमा हुने इन्टरपोलको सम्मेलनमा भाग लिन फ्रान्स प्रस्थान गरेका छन् ।

इन्टरपोल महासचिवालयले वैशाख ११ गतेदेखि १३ गतेसम्म लियोनमा १९औं इन्टरपोल सम्मेलन आयोजना गरेको छ । त्यसमा इन्टरपोल सदस्य राष्ट्रका प्रहरी प्रमुखहरु सहभागी हुन्छन् ।

 

प्रहरी महानिरीक्षक कुँवर फ्रान्स प्रस्थान गरेपछि नेपाल प्रहरीको निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले पाएका छन् ।