२०८१ बैशाख २३ , आइतवार

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे एमालेको जिम्मेवारीबाट अलग

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै घिमिरेले आफू पदमा रहँदासम्म संसदीय मर्यादा र परम्परालाई सम्मान गर्न पार्टीको जिम्मेवारीबाट अलग भएको बताएकी हुन् ।

घिमिरेले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा रहेर संविधान, प्रचलित कानून र राष्ट्रिय सभा नियमावलीले निर्देशित काम तटस्थ र निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।२८ चैत्रमा घिमिरे नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।