२०८१ बैशाख २४ , सोमवार

‘पुजार सार्की’ को कौडा गीत ‘दर्शन गरेँ’ सार्वजनिक

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

फिल्म ‘पुजार सार्की’ को कौडा गीत ‘दर्शन गरेँ’ सार्वजनिक गरिएको छ। शुक्रबार सार्वजनिक गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहसहित अभिनेत्री अन्जना बराईली र परीक्षा लिम्बु संगै देखिएका छन्।

शिशिर खातीले भिडिओको कोरियोग्राफी गरेका हुन्।यसमा गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको स्वर छ। सुवास भुसालको संगीत रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन्।

बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि फिल्म प्रदर्शनमा आउने तयारीमा छ।