२०८१ बैशाख २२ , शनिवार

विकल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध फेरि पनि मुद्दा दायर गरेको छ।

यसअघि अख्तियारले पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब ६९ करोडको मुद्दा हालेको थियो।

अख्तियारले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा आइतबार मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

‘विदेशी मुलुकको स्थायी बसोबास अनुमति प्राप्त व्यक्ति भए पनि नेपालमा राष्ट्र सेवकको ओहदामा लाभ र सुविधा लिएको अभियोगमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दर्ता गरेको हो’, अख्तियारका अधिकारीको भनाइ छ ।