२०८१ बैशाख २१ , शुक्रवार

हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर रह्यो सुनको मूल्य

Gold

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ।अघिल्लो दिन शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो।उक्त मूल्य हालसम्मकै उच्च हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

आज चाँदी प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।