२०८१ बैशाख २३ , आइतवार

भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते

chituwa_vgcFbDhsxQ

सुनाखरी न्युज/ काठमाडौं ।

भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

 

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जाने क्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।

उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।