२०८३ बैशाख २० , आइतवार

कामना सेवाद्वारा पोखरा विश्व विद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरि एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । पोखरा विश्वविद्यालय, शिक्षण अस्पतालमा शुक्रवार पोखरा विश्व विद्यालयका उपकुलपती प्रा.डा. प्रेम नारायण अर्यालज्यूको प्रमुख आतित्थ्यतामा उक्त हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त स्वास्थ्य प्रयोगशाला उपकुलपती अर्यालको समुपस्थितीमा कामना सेवाविकास बैंकका संचालक बलराम बरालले विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा. दिपकवहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै उपकुलपती अर्यालले विश्व विद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीहरुले प्राप्तगर्ने बैंकिङ सेवामा कामना सेवाविकास बैंकको उत्कृष्ट योगदान भएको बताए । विश्व विद्यालय स्थापना देखीनै शिक्षण अस्पताल स्थापनाको सपना देखिएको भएता पनी हाल शिक्षण अस्पतालले १०० शैयाको संचालन अनुमती प्राप्त गरिसकेको जानकारी गराए  । १०० शैयाको अनुमती प्राप्त गर्नको लागि अनिवार्य आवश्यक भएको उक्त स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे। सोही कार्यक्रममा बोल्दै विश्व विद्यालयका रजिष्ट्रार प्रा.डा.दिपकवहादुर भण्डारीले बैंकले आफ्ना विभिन्न कार्यक्रमहरुमा विश्वविद्यालयलाई पु¥याएको योगदानको कदर गरेका थिए ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै कामना सेवाविकास बैंकका संचालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्व विद्यालयसँग जोडिन पाएकोमा खुशी व्यक्त गरे । विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीहरुको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीहरुको शैक्षिक भविष्यको साझेदार बन्न पाएकोमा बैंकका प्रमु खकार्यकारी अधिकृत दिनेश थकालीले खुशी व्यक्त गरे । साथै, प्रमुख कार्यकारी अधिकृत थकालीले आगामी दिनहरुमा विश्व विद्यालयसँग साझेदारी गर्दै अन्य कार्यक्रमहरुमा समेत साझेदारी गर्ने समेत बताए । उक्त कार्यक्रम शिक्षण अस्पतालका निर्देशक डा.दिपेन्द्र यादवको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा विभिन्न संकायका डिन, निर्देशकतथा बैंकका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रमका बिच कामना सेवा विकास बैंक र पोखरा विश्व विद्यालयविच वित्तीय सेवा सुविधाप्रदान सम्बन्धी औपचारीक समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा विश्व विद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा.दिपकबहादुर भण्डारी र बैंकको तर्फवाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्ताक्षर भएको छ । उक्त समझदारी पश्चात विश्व विद्यालयका प्राध्यापक, कर्मचारीहरुलाई बैंकले सहुलियत रुपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा प्रदान गर्नेछ ।