२०८१ बैशाख २१ , शुक्रवार

दूधमा भेटियो बर्ड फ्लुको ‘एचफाइभ एनवान’ भाइरस

1713582876-EhiQj

सुनाखरी न्युज/ काठमाडौं ।

पहिलो पटक दूधमा बर्डफ्लुको भाइरस फेला परेको पुष्टि भएको छ। अमेरिकाको टेक्सासमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले ‘एच फाइभ एन वान’ बर्ड फ्लु भाइरस संक्रमित जनावरको कच्चा दूधमा धेरै मात्रामा पाइएको जनाएको छ। एभियन इन्फ्लुएन्जा ए (एचफाइभ एनवान) पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या तीव्र रूपमा बढेको छ । जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “चराबाट गाई, गाईबाट गाई र गाईबाट चरामा सर्ने संक्रमण पनि पछिल्लो प्रकोपको समयमा भेटिएको छ। यसले हामीले पहिले बुझेको भन्दा संक्रमणका अन्य मार्गहरू फेला पारेको हुन सक्छ भन्ने देखाउँछ।”

 

भाइरसले जंगली चराहरूको सम्पर्कमा आएका गाईका झुन्डहरूलाई बिरामी पारेपछि यो घटना सार्वजनिक गरिएको थियो। “अहिले हामीले अमेरिकी राज्यहरूमा गाईका धेरै झुन्ड प्रभावित भएको देख्छौँ, जसले स्तनधारी जनावरमा भाइरस फैलिने अर्को कदम देखाउँछ,” झाङले भने। संक्रमित जनावरको दूधमा पनि भाइरस भेटिएको र विज्ञहरूले अझै पनि दूधमा भाइरस कति समय बाँच्न सक्छ भनेर अनुसन्धान गरिरहेको जनाइएको छ।

 

टेक्सासको स्वास्थ्य विभागले गाईवस्तुमा संक्रमण व्यावसायिक दूध आपूर्तिको लागि चिन्ताको विषय नभएको प्रतिक्रिया दिएको छ। विश्व स्वास्थ्य सङ्गठनका ग्लोबल इन्फ्लुएन्जा कार्यक्रमका प्रमुख वेन्किङ झाङले भने, ‘टेक्सासमा भएको घटना एउटा गाईबाट एभियन इन्फ्लुएन्जाबाट मानिसमा सङ्क्रमित भएको पहिलो घटना हो।’