२०८१ बैशाख २१ , शुक्रवार

नेपाल टेलिकममा खुल्यो जागिर, यस्ता छन् पदहरु

ntc

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो ।

योग्यता पुगेका, विनियम १७ बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरूबाट आनलाइन दरखास्त आह्वान गरिएको छ ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरू अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको धभदकष्तभ धधध।लतअ।लभत।लउ वा चभअचगष्त।लतअ।लभत।लउ मार्फत दरखास्त दिनुपर्नेछ ।