२०८१ बैशाख २० , बिहिवार

गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ ।

गण्डकीमा एमाले, माओवादी केन्द्र र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ मिलेर एमाले नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्दा सभामुखलाई जोडेको भन्दै कांग्रेस सर्वोच्च अदालत गएको छ।

सर्वोच्च अदालतले दीर्घकालीन महत्वको कुनै निर्णय नगर्न गण्डकी सरकारलाई अन्तरिम आदेश दिएको छ। मुद्दाको पेशी वैशाख १० गतेका लागि तोकिएको छ।