२०८१ बैशाख २० , बिहिवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित महिला पक्राउ

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्।

शुक्रबार दिउँसो १:४५ बजे थाई एयरमार्फत् काठमाडौं आइपुगेकी भारतीय नागरिकबाट ८५० ग्राम सुन बरामद भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार सहिनाले अर्धठोस सुन कालो टेपले बेरेर ल्याएकी हुन्।