२०८१ बैशाख २० , बिहिवार

यी  घरेलु उपायले डार्क सर्कल हटाउनेछ, छाला टल्किने छ

Freedom-from-dark-circles

 

सुनाखरी न्युज/ काठमाडौं ।

बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ । यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ । डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छ। यदि तपाईंको आँखा मुनि कालो घेराहरू (डार्क सर्कल) देखिन्छन् र यसले तपाईंको छालाको टोन बिगारिरहेको छ भने चिन्ता नगर्नुहोस् । यी दुई घरेलु उपायले तपाईंको छालाको पुरानो चमक फिर्ता ल्याउनेछ।

डार्क सर्कल हटाउने घरेलु उपाय

कागती र टमाटर स् एउटा कचौरामा एक टुक्रा कागती र थोरै टमाटरको रस लिनुहोस्। उक्त टमाटरको रसमा अलिकती कागती मिसाएर डार्क सर्कलमा लगाउनुहोस्। १०, १५ मिनेट राखेर त्यसलाई धुनुहोस्। यो प्रयोग दिनमा एक वा दुई पटक गर्नुभयो भने केही दिनमै तपाईको डार्क सर्कल हराएर जानेछ।

बेकिङ सोडा र मनतातो पानी स् मनतातो पानीमा बेकिङ सोडा मिलाएर डार्क सर्कलमा लगाउनुहोस्। यो प्रयोग बेलुकी सुत्नी अघि गर्नुभयो भने केही दिनमै तपाईको आँखाको मुनी देखिएको डार्क सर्कल हराएर जानेछ।

भिटामिन ई र बदामको तेल स् भिटामिन ई क्याप्सुल र बदामको तेल मिलाएर डार्क सर्कलमा लगाउदा पनि केही दिनमै डार्क सर्कल हटाएर अनुसार सफा देखिनेछ।

ग्रिन टी ब्याग स्तपाईले प्रयोग गरेको ग्रिन टी ब्यागको प्रयोगबाट पनि डार्क सर्कल हटाउन सक्नुहुन्छ। प्रयोग गरेको ग्रिन टी ब्याग केही समय फ्रिजमा राख्नुहोस्। त्यसपछि त्यसलाई निकालेर १० मिनेटसम्म आफ्नो आँखामा राखिराख्नु भयो भने केही दिनमै डार्क सर्कल हटेर जानेछ।