२०८१ बैशाख २० , बिहिवार

सलमान खानको गोली काण्डपछि बढाइयो शाहरूखको सुरक्षा

shahrukh and salman

 

सुनाखरी न्युज/ काठमाडौं ।
अभिनेता सलमान खानको घर बाहिर हालै फायरिङ भएपछि उनको सुरक्षा उच्च बनाइएको केही दिन नबित्दै अर्का अभिनेता शाहरुख खानको सुरक्षा पनि उच्च पारिएको छ।कुनै अप्रिय घटना नहोस् भनेर यस्तो गरिएको हो । शाहरुख चार दिन देखी कोलकातामा थिए । जहाँ आईपीएलको खेल चलिरहेको छ । शाहरुख आफ्नो टिमलाई सपोर्ट गर्न त्यहाँ पुगेका थिए । उनी हिजो राति मात्रै मुम्बई फर्किएका थिए ।

शाहरुख खानको फ्यान क्लबले उनीसँग सम्बन्धित केही भिडियो शेयर गरेको छ । जसमा शाहरुख सुरक्षा घेरामा परेका छन् । यस सुरक्षामा गार्ड, प्रहरी र विमानस्थल सुरक्षाकर्मी देखिन्छन् । जसका कारण कुनै फोटोग्राफर पनि शाहरुखको नजिक जान सक्दैनन् । विमानस्थलमा पुगे पछि उनलाई सुरक्षा गार्डले घेरेको भिडियोमा देखिन्छ ।शाहरुख खानको यो सुरक्षाको कारण सलमानको घर बाहिर गोली चलाएको घटनालाइ प्रमुख कारणको रूपमा बताइएको छ ।

 

टाइम्सको रिपोर्टका अनुसार पुलिस र प्रशासन सलमानको घरमा भएको जस्तो दुर्घटना अब कुनै पनि सेलिब्रेटी कसैसँग होस् भन्ने चाहँदैनन्। त्यसैले शाहरुख खानको सुरक्षा बढाइएको छ । सलमान र शाहरुख उद्योगका ठूला नाम हुन् । यस्तो अवस्थामा कुनै पनि प्रकारको लापरवाहीले ठूलो परिणाम निम्त्याउन सक्छ।१४ अप्रिल बिहान करिब ५ बजे सलमानको घरमा दुई जनाले गोली चलाएका थिए ।

 

लरेन्स बिश्नोईका भाइ अनमोल बिश्नोईले फेसबुक पोस्टमार्फत यस हमलाको जिम्मेवारी लिएको दाबी गरिएको छ । तर, उक्त सामाजिक सञ्जालको खाता अनमोल बिश्नोईको हो वा होइन भन्ने पुष्टि अझै कसैले गरेको छैन । प्रहरीले गोली प्रहारमा संलग्न दुवै अभियुक्तलाई अप्रिल १६ मा पक्राउ गरेको थियो । यस सम्बन्धमा थप कारबाही भइरहेको छ ।