२०८१ बैशाख २० , बिहिवार

दाङमा आगलागीबाट एकको मृत्यु

aago

सुनाखरी न्युज/ काठमाडौं ।

दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ ।

गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पस्नुभएको थियो । त्यहीबेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ । आगोले वीरबहादुरको घर गोठ तथा उहाँका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रमा लिइएको जनाइएको छ ।  रासस