२०८१ बैशाख २० , बिहिवार

जलेको अवस्थामा भेटिएका महिला र बालिका आमा-छोरी भएको पुष्टि

dhunsha

सुनाखरी न्युज/ काठमाडौं ।

जनकपुरधाम उपमहानगरपालिका -१६ स्थित पोखरीको डिलमा जलिरहेको अवस्थामा फेला परेकी महिला र बालिका आमा–छोरी भएको पुष्टि भएको छ ।बुधबार राति जनकपुरधाम उपमहानगरपालिका(१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा जलेर मृत्यु भएको अवस्थामा एक युवती र घाइते अवस्थामा फेला परेकी बालिका आमा छोरी भएको पुष्टि प्रहरीले गरेको हो। बालिकाको पनि उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो।

 

जलेकी महिलाकै छेउमा करिब ९ महिनाकी बालिका पनि जलेको अवस्थामा छटपटाई रहेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरी उपचारका प्रादेशिक अस्पताल जनकपुरधाम लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।बिहिवार मृतक महिलाकी श्रीमान सुमित महतो प्रहरीको सम्पर्कमा आएपछि मृतक महिला र बालिका ‘आमा—छोरी’रहेको खुलेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन‌‌‌ अवाले जानकारी दिए । घटनाबारे डिएसपी अवाले भने, ‘महिलाले आफैँ आगो लगाएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिन्छ । तर निष्कर्षमा पुगिसकेको छैन् । अनुसन्धान जारी छ ।’माइत गाउँकै छिमेकी रामसागर महतोसँग प्रियंकाको अवैध सम्बन्ध रहेको कुरा खुलेको छ । प्रियंकाका आमाबुवाले पनि रामसागरले नै छोरीलाई बेपत्ता पारेको र जनकपुर लगेर मारेको आरोप लगाएका छन् ।

 

प्रियंकाले माइतकै केटासँग अबैध सम्बन्ध राखेको संकेत उनका श्रीमान अमितले पनि गरेका छन् । उनी भन्छन्, ‘आफूसँग रहेको बेला पनि उनी अन्य व्यक्तिसँग फोनमा कुरा गर्थिन् । मैले सोधेपछि कहिले आमा त कहिले बुवासँग कुरा गरिरहेको भनेर झुठ बोल्थिन् । मलाई शंका लागिरहेको थियो ।’ डिएसपी अवालेले मृतक प्रियंकाले माइतका एक व्यक्तिबीच अबैध सम्बन्धको कुरा आएको र यस विषयमा अनुसन्धान गरिरहेका बताए । उनले भने, ‘सम्बन्ध रहदैमा हत्या गर्छन् भन्न पनि सकिदैन । यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं ।’